अन्तिम १६ मा क्रोएसिया तथा ब्राजिलको सामाना गर्दै जापान र दक्षिण कोरिया
सहयात्रा टिभी
काठमाडौँ । मंसिर १९, एसियाका दुई फुटबल पावर हाउस राष्ट्र हुन् जापान र दक्षिण कोरिया । फुटबल विश्वकपमा एसियाबाट सबैभन्दा राम्रो प्रदर्शन गर्ने टिम कोरिया नै हो ।
सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा सनसनी मच्चाउँदै कोरिया सेमिफाइनल नै पुगेको थियो । जापानले पनि त्यसबेला अन्तिम १६ मा पुगेर आफ्नो उत्कृष्ट नतिजा ल्याएको थियो । त्यसपछि जापान दुई पटक नकआउट चरण पुगे पनि अन्तिम १६ बाट माथि उठ्न सकेको छैन ।
यिनै दुई टिम कतारमा जारी विश्वकप २०२२ को अन्तिम १६ मा बलिया टिम विरुद्ध भिड्दा अर्को अप्रत्यासित नतिजाको खोजीमा छन् ।अन्तिम १६ को खेलमा जापानले साविक उपविजेता क्रोएसिया तथा कोरियाले सर्वाधिक ५ पटकको विजेता ब्राजिलको सामाना गर्नेछ ।