सुकुम्बासीमाथि सरकारी पक्षले गरेको धरपकडको विरोधमा प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १९, सुकुम्बासीमाथि सरकारी पक्षले गरेको धरपकडको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन भएको छ ।

सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले विना विकल्प उठिबास गराउन नपाइने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरुमाथि महानगरले दिएको जाहेरी फिर्ता लिन पनि माग गरेका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले उठिबासको त्रास कहिलेसम्मरु जिल्ला भूमि आयोगको कामलाई तिब्र पारियोस् जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

 

 

 

प्रकाशित : 5 December, 2022

प्रतिक्रिया दिनुहोस्