मंगलबार घटेकाे सुनचाँदीको मूल्य बुधबार स्थिर

सहयात्रा टिभी

काठमाडौं । मंसिर २१, मंगलबार घटेको सुनचाँदीको मूल्य बुधबार स्थिर रहेको छ।

मंगलबार छापावाल सुनमा ६ सय रूपैयाँ घटेर तोलामा ९९ हजार ३ सय रूपैयाँमा कारोबार हुँदा तेजाबी सुन ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार पनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, चाँदी आज तोलाको १ हजार ३५० रूपैयाँमा कारोबार हुनेछ।

प्रकाशित : 7 December, 2022

प्रतिक्रिया दिनुहोस्