प्रभु साह समूह सरकारमा जान गठबन्धनका नेताहरुसंग भेटघाट

काठमाडौं । मंसिर २१, नेकपा एमाले छोडेर स्वतन्त्र भएका प्रभु साह समूह सरकारमा जान सत्ता गठबन्धनका नेताहरुसंग भेटघाट बढाएका छन् । प्रभु समूहबाट प्रतिनिधि सभामा साहसहित किरणकुमार साह र कांग्रेस छोडेका अमरेशकुमार सिंह जोडिएका छन् ।
प्रभुले आफ्नै नेतृत्वमा पार्टी बनाएर सत्ता गठबन्धन नेतृत्वको सरकारमा जाने तयारी गरेका हुन । ‘प्रभु जीहरुलाई माओवादी सहित सत्ता गठबन्धन सघाएर निर्वाचित हुनुभयो ।
साहले माओवादी अध्यक्ष प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित कांग्रेसका नेताहरुलाई समेत भेटघाटगरी सकेका छन् । माओवादीले रौतहट ३ बाट रवीन्द्र पट्टेललाई कारवाही गरेर साहलाई निर्वाचित गराउन भुमिका खेलेको थियो ।
त्यसैले अधिकांश माओवादी नेताहरु साह माओवादीमा जोडिने बताउँदै आएका छन् । यद्दपी उनी माओवादीमा फर्किने भन्दा आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने तयारीमा लागेका छन् ।साहले लगातार चार पटक निर्वाचन जितिसकेका छन् ।
उनले तीन निर्वाचन माओवादीबाट र एक स्वतन्त्रबाट जितेका हुन् । चार पटक सांसद भएका शाह चार पटक नै मन्त्री भइसकेका छन् । अब साह पाँचौ पटक मन्त्री हुन गठबन्धनका नेताहरुसंग भेटघाट जारी राखेका हुन् ।