सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढ्यो
सहयात्रा टिभी
काठमाडौ । मंसिर २२, नेपाल सुन चाँदी व्यवसायी महासङ्घले हिजो स्थिर रहेको सुन चाँदीको भाउ आज फेरि बढेको जनाएको छ । सुनको भाउ आज तोलामा ९९ हजार ७ सय रुपैयाँ पुगेको छ ।

हिजो ९९ हजार ३ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


