निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको निलम्बन फुकुवाविरुद्धको रिटमा आज सुनुवाइ

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २३, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथि परेको रिटमा आज सुनुवाइ हुने भएको छ । निलम्बन फुकुवा हुने भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुने भएको हो ।

शुक्रबार गठन हुने संवैधानिक इजलासमा उक्त निवेदनको पेशी तोकिएको हो । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतमा हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने गर्दछ ।

सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । प्रवेश हुनसक्ने भन्दै सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

 

प्रकाशित : 9 December, 2022

प्रतिक्रिया दिनुहोस्