जबरा फुकुवाविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनवाइ सुरु, ५ जनाले बहस गर्ने

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २३, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन फुकुवाविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

५० जनाको वकालतनामा परेको र बढीमा ५ जनाले बहस गरेर चिया समय अगाडि नै सकाउने गरी तयारी गरिएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले जबराको निलम्बन फुकुवाको पत्र यही मंसिर २१ गते दिएका थिए । त्यसविरुद्ध सोही दिन सर्वोच्चमा रिट परेको थियो ।

रिट सुनुवाइका लागि कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य रहेको संवैधानिक इजलास गठन भएको छ ।

रिट निवेदनको मस्यौदा गरेका वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईको प्रारम्भिक बहस थाले थालेका छन् । भट्राईसहित नेपाल बार एशोसिएसनका गोपालकृष्ण घिमिरे, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र शम्भु थापाले रिटमा बहस गर्नेछ

प्रकाशित : 9 December, 2022

प्रतिक्रिया दिनुहोस्