अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारीमा आन्तरिक परामर्शमा जुटे डा.भरतराज

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २३, संघीय संसद सचिवालयले सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारी गरेको छ । त्यसका लागि संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतम आन्तरिक परामर्शमा जुटेका छन् ।

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि सर्वोच्च अदालतले गौतमसँग गत बुधबार जवाफ मागेको थियो ।

सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले महासचिव गौतमलाई संविधान र कानुनको कुन आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै प्रश्न गरेर पत्र पठाएका थिए ।

सो पत्रको कसरी जवाफ दिने भन्ने बारेमा संघीय संसद सचिवालय आन्तरिक छलफलमा जुटेको प्रवक्ता डा.रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । सचिवालयले छिट्टै सर्वोच्चलाई जवाफ पठाउने तयारी गरेको जानकारी दिए ।

गत बुधबार संघीय संसदका महासचिव गौतमले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषदको कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बोधार्थ गर्दै उनीमाथिको महाभियोग निष्क्रिय भएको पत्राचार गरेका थिए ।

 

प्रकाशित : 9 December, 2022

प्रतिक्रिया दिनुहोस्