अर्घाखाँचीको सीतापुरमा कार दुर्घटना, पाँच घाइते

सहयात्रा टिभी

अर्घाखाँची । मंसिर २४, अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ ।

तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गर्न पुगेका उनीहरु फर्कने क्रममा कार झोलुङ्गे पुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारका लागि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

प्रकाशित : 10 December, 2022

प्रतिक्रिया दिनुहोस्