कारमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

सहयात्रा टिभी

पाल्पा । मंसिर २४, पाल्पामा एक कारमा ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–३, मा शुक्रबार साँझ भएको दुर्घटनामा घाइते भएका रूपन्देहीको ओमसतिया गाउँपालिका–१, बस्ने ३४ वर्षीय रामबहादुर गुप्ताको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

सिद्धार्थ राजमार्ग हुँदै बगनासकाली–३, बाट राम्दी तर्फ जाँदै गरेको लु २९ प ४३२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा ९ च ९२९९ नम्बरको कार ठोक्किएका थिए । गुप्तासँगै मोटरसाइकलमा सवार ३० वर्षका भीमबहादुर बस्याल घाइते भएका छन् ।

प्रकाशित : 10 December, 2022

प्रतिक्रिया दिनुहोस्