विश्वकप : आज मोरक्को र पोर्चुगल तथा फ्रान्स र इंग्ल्यान्ड भिड्दै

सहयात्रा टिभी

काठमाडौं । मंसिर २४, कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को क्वाटरफाइनलमा पुगेको थियो । स्विट्जरल्यान्डलाई हराएर पोर्चुगल पनि क्वाटरफाइनलमा पुगेको थियो ।

यस्तै, अन्तिम क्वाटरफाइनलमा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । फ्रान्सले पोल्याण्डलाई तथा इंग्ल्यान्डले सेनेगललाई हराएका थिए ।

प्रकाशित : 10 December, 2022

प्रतिक्रिया दिनुहोस्