केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश

सहयात्रा टिभी

 काठमाडौँ । मंसिर २५, कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा पोर्चुगललाई १ – ० ले हराउँदै मोरक्को पहिलाे पटक सेमिफाइनमा प्रवेश गरेको हो । यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ।

मोरक्कोका लागि खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गरेको गोल नै निर्णायक भयो । अब मोरक्कोले सेमिफाइनलमा इंग्ल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ । पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।खेल अवधिभर निरन्तर आक्रमण गरिरहेको पोर्चुगलले गोल भने गर्न सकेन ।

प्रकाशित : 11 December, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्