सामूहिक बलात्कार अभियोगमा तीन जना पक्राउ

कैलाली । मंसिर २५, कञ्चनपुर प्रहरीले सामूहिक बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ गरेको छ । किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत १७ वर्षीया किशोरीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरू बाहेकका केही अपरिचित व्यक्तिहरूले समेत पटक पटक जबर्जस्तीकरणी गर्ने गरेको किशोरीले बताएको जानकारी दिए ।