‘भ्वाइस अफ नेपाल’ बाट सिक्किमका रिवाश गुरुङ पनि बाहिरिए

काठमाडौं । मंसिर २५, गायनमा आधारित नेपाली टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को प्रतिस्पर्धा अन्तिम आठमा प्रवेश गरेको छ ।
पछिल्लो सप्ताहन्तमा थप दुई जना प्रतियोगी बाहिरिए जसमा सिक्किमका रिवाश गुरुङ र आशिष रायमाझी छन् । टीम राजु लामाका गुरुङ र टीम प्रमोद खरेलका रायमाझी शोमा रुचाइएका प्रतिभा हुन् ।
कम मत प्राप्त गरेपछि यी दुबैजना अन्तिम आठमा प्रवेश गर्न सकेनन् । विश्वकप फुटबलको माहोलबीच ‘द भ्वाइस’को माहोल पनि रोचक चरणमा प्रवेश गरेको छ ।
भुटानका रियान गिरी पछिल्लो सप्ताहन्तका दुबै एपिसोडमा ‘बटम थ्री’मा परेपनि उनी अन्तिम आठमा प्रवेश गर्न सफल रहे । अघिल्लो सप्ताहन्तबाट भूपेन्द्र रणपाल र वर्षा इटानी बाहिरिएका थिए ।