केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्रोएसिया सँग हारेको ब्राजिल विश्वकपबाट बाहिरीयो, सेमिफाइनलमा पुगे ४ टिम

सहयात्रा टिभी

काठमाडौं । मंसिर २५, फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले यो हार लामो समयसम्म याद रहिरहने बताएका छन् ।

नेमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो टोली र भगवानलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन नसक्ने लेखेका छन् । नेयमार अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा समावेश छन् । कतारमा जारी २२औं फिफा विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

सेमी फाइनलसम्म पुग्दा पाँच पटकको विजेता ब्राजिल बाहिरिसकेको छ । अहिलेको पुस्ताका उत्कृष्ट खेलाडी मध्ये एक क्रिस्टियानो रोनाल्डो पहिलो रोजाइमा परेनन् । अफ्रिकन राष्ट्र मोरक्को इतिहास कायम गर्दै सेमिफाइनल पुग्यो । पेनाल्टी बचाएर केही गोलकिपरहरू नायक बनेका छन् ।

अन्तिम नतिजा नजिकिंदै गर्दा यसपटकको विश्वकप रोमाञ्चकसँगै आश्चर्यजनक जस्तै बनिरहेको छ । यस पटक खेलका नतिजा सोचेभन्दा फरक आइरहेको छन् । उपाधि दाबेदा र नाम चलेका खेलाडीहरू भटाभट आउट भइरहेका छन् । यस्तै नयाँ टिमले पनि इतिहास बनाए ।

क्वाटरफाइनलमा ८ खेल सकिएपछि कतार विश्वकपले सेमिफाइनल पुग्ने चार टिम पाइसकेको छ । सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो । मोरक्को अफ्रिकाबाट विश्वकप सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो ।

विश्वकपका ६४ मध्ये ६० खेल सकिएको छ र अब जम्मा चार खेल बाँकी छ । तेस्रो स्थानको खेललाई छाड्ने हो भने अबको तीन खेल एकदमै प्रतिक्षित हुनेछ ।

अब बाँकी चार टिममध्ये कसले जित्ला उपाधि भन्ने कौतुहलता झन् बढेको छ । के यसपटक नयाँ टिम विजेता होला वा पुरानै टिमले उपाधि थाप्लान् रु त्यसका लागि पुस तीन गतेसम्म कुर्नुपर्नेछ ।

ब्राजिलसँगै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल, नेदरल्याण्ड्स अनी क्वाटरफाइनलबाटै बाहिरिसकेका छन् । त्यसअघि दुई पूर्वविजेता जर्मनी र उरुग्वे समूह चरणबाटै बाहिरिए भने अर्का पूर्वविजेता स्पेन अन्तिम १६ बाट घर फर्कियो ।

यसपटक सेमिफाइनलसम्म आइपुग्दा सबैभन्दा ठूलो सरप्राइज भने मोरक्को रह्यो । पूरा अप्रिकाको प्रतिनिधित्व गर्दै मोरक्कोले सेमिफाइनल पुगेर इतिहास रचेको छ ।

सेमिफाइनल पुगेका मध्ये दुई पूर्व विजेता छन् भने दुई टिमले उपाधि जितेका छैनन् । अर्जेन्टिनाल र फ्रान्सले उपाधि जितिसकेका छन् भने क्रोएसिया साविक उपविजेता हो । मोरक्को नयाँ हो ।

अब फाइनल समीकरण जस्तो पनि बन्न सक्छ । दुई पूर्वविजेता वा दुई उपाधि जित्न बाँकी टिम फाइनल पुग्न पनि सक्छ। यदि क्रोएसिया र मोरक्को फाइनल पुगेमा विश्वकपले १२ वर्षपछि नयाँ विजेता पाउनेछ । पछिल्लो पटक विश्वकप जित्ने नयाँ टिम स्पेन हो । स्पेनले २०१० जितेको थियो ।

प्रकाशित : 11 December, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्