मेलम्ची खानेपानीको पाइप फुट्दा सडक जलमग्न

सहयात्रा टिभी

काठमाडौं । मंसिर २६, काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको छ । पाइप फुटेर ठूलो पानी सडमा निस्किएको हो ।

खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्किनुका साथै सडकमा भल बगेको छ । जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् ।

 

प्रकाशित : 12 December, 2022

प्रतिक्रिया दिनुहोस्