केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै, कसले मार्ला बाजी ?

सहयात्रा टिभी

काठमाडाै । मंसिर २७, कतारमा जारी विश्वकपको सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्दैछन् । खेल बुधबार राति पौने १ बजेदेखि सुरु हुनेछ । कतारको लुसाइल रंगशालामा हुने खेल रोचक बन्ने अनुमान गरिएको छ । क्रोएसिया अघिल्लो संस्करणको विश्वकपको उपविजेता हो भने अर्जेन्टिना पनि विश्वकपको उपाधिको बलियो दाबेदार हो ।

विश्वकपमा अर्जेन्टिना र क्रोएसियाबीच भेट हुन लागेको यो तेस्रो पटक हो । सन् १९९८ मा नकआउट चरणमा अर्जेन्टिना १–० ले विजयी भएको थियो भने यस्तै सन् २०१८ को रसिया विश्वकपमा अर्जेन्टिना क्रोएसियासँग ३–० ले पराजित भएको थियो । क्रोएसिया ब्राजिल र अर्जेन्टिना नेदरल्याड्सलाई पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

प्रकाशित : 13 December, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्