फिल्म ‘सरी मम’को प्रदर्शन अवतार २’ आउने भएपछि सर्‍यो

सहयात्रा टिभी

काठमाडौ । मंसिर २७, विश्व प्रतीक्षित फिल्म ‘अवतार २’ रिलिज हुने भएपछि नेपाली फिल्म ‘सरी मम’को प्रदर्शन सरेको छ । अब यो फिल्म माघ ५ गते प्रदर्शन हुने निर्माताले जानकारी दिएका छन् ।

निर्माताले मंगलबार ट्रेलर सार्वजनिक गर्दै नयाँ मिति घोषणा गरेका हुन् । लागुऔषधले परिवार, समाज र व्यक्तिको निजी जीवनमा पार्ने असरको कथा पेस गर्ने फिल्मलाई नवीन बोगटीले निर्देशन गरेका हुन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर रिलिज गरिएको हो । यसमा सरोज खनाल, सरिता लामिछाने, एलिश राई लगायतको अभिनय छ । कार्यक्रममा सरिताले फिल्म सन्देशमूलक बनेको बताइन् ।

निर्माता विनोद लामाले आँखा अगाडिको सामाजिक कथालाई टिपेर फिल्म तयार भएको बताए । फिल्मको निर्माण र प्रदर्शनमा जेसिज, नार्कोनान, प्याब्सन, एन-प्याब्सन, हिसान, शिक्षक महासंघले सहकार्य गरेका छन् ।

 

 

 

प्रकाशित : 13 December, 2022

प्रतिक्रिया दिनुहोस्