केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोरक्कोलाई हराउँदै साविक विजेता फ्रान्स विश्वकपको फाइनलमा

सहयात्रा टिभी

काठमाडाैँ । मंसिर २९, साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल बेयत रंगशालामा भएको सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्सले उपाधि भिडन्तमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे । खेलको सुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा अर्को गोल थपेको हो । खेलको चौथो मिनेटमा हर्नान्डेजले फ्रान्सलाई अग्रता दिलाए । दोस्रो हाफको ७९ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्यो । रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे ।

फ्रान्सले अब उपाधि रक्षाका लागि आइतबार राति अर्जेन्टिनाको सामना गर्नेछ । यी दुवै टोली जारी विश्वकपमा एक एक खेलमा पराजित भएका छन् । समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरेवियासँग पराजित भएको थियो । समूह चरणकै अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको थियो ।

अन्तिम १६ मा फ्रान्सले पोल्याण्डलाई र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गरेको थियो । क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई पराजित गरेको थियो। अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । १९९८ मा पहिलो पटक ब्राजिललाई पराजित गर्दै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो ।

अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । १९८६ मा जर्मनीलाई पराजित गर्दै अर्को उपाधि थप्यो। त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन । १९९० र २०१४ मा जर्मनीसँग फाइनलमा पराजित भएको थियो । त्यसअघि पहिलो विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो। यो सँगै अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल खेल्न लागेको हो ।

फ्रान्स भने यसअघि फाइनलमा एक पटक मात्रै पराजित भएको छ। २००६ मा इटलीसँग पराजित भएको थियो । यो उसको चौथो फाइनल हो ।

प्रकाशित : 15 December, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्