केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकप २२ औं संस्करणको विजेता आइतबार टुंगो लाग्नेछ

सहयात्रा टिभी

काठमाडौं । मंसिर २९, विश्वकप फुटबल २२ औं संस्करणको विजेता आइतबार टुंगो लाग्नेछ । उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने पक्का भइसकेको छ ।

आइतबार उपाधिमात्र होइन, व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको हुन्छ ।

गोल्डेन बुट भने प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ । एक भन्दा बढी खेलाडीले समान गोल गरेमा गोल असिस्ट (गोल गर्न अर्को खेलाडीलाई सहयोग गरेको) गणना गरिन्छ ।

गोल र असिस्ट पनि समान भए विश्वकपमा कम समय खेलेको आधारमा विजेता छानिनेछ । धेरै गोल गर्नेमा दोस्रो हुनेले सिल्भर बल र तेस्रो हुनेले ब्रोन्ज बल पाउनेछन् ।

यसपटकको विश्वकपमा गोल्डेन बुटको होडमा भने चार खेलाडी छन् । जसमा अर्जेन्टिनाका २ र फ्रान्सका २ जना छन् । अर्जेन्टिनाका कप्तान लिओनल मेसी र फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिना युलियन अल्भारेजले समान ४ गोल गरेका छन् ।

सम्भवतस् यी चारमध्ये एक खेलाडीले गोल्डेन बुट जित्नेछन् । यस्तै एक जनाले सिल्भर र एक जनाले ब्रोन्ज बल जित्नेछन् । सेमिफाइनलको खेलपछि अर्जेन्टिनाका कप्तान मेसी गोल्डेन बुटको होडमा सबैभन्दा अगाडि छन् ।

नकआउट चरणको क्वार्टरफाइनल र सेमिफाइनलमा एमबाप्पेले गोल गर्न नसकेपछि मेसीले उनलाई भेट्टाएका छन् । मेसी र एमबाप्पेले समान ५ गोल गरेका छन् तर असिस्टमा मेसी अगाडि छन् । मेसीले ३ गोल असिस्ट गर्दा एमबाप्पेले २ असिस्ट गरेका छन् ।

 

प्रकाशित : 15 December, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्