अमेरिकाले ऊर्जा प्राप्त गर्न १०० गुणा तातो कृत्रिम सूर्य बनाउन सफल

सहयात्रा टिभी

काठमाडौं । मंसिर २९, कैयन् दशकको प्रयास पश्चात् अन्ततः अमेरिकी वैज्ञानिकहरुले कृत्रिम सूर्य बनाउन सफल भएका छन् । उक्त कृत्रिम सूर्य वास्तविक सूर्यको सतहभन्दा १०० गुणा बढि तातो छ ।

अमेरिकी ऊर्जा मन्त्रालयले यही १३ डिसेम्बर २०२२ मा एउटा अहम् घोषणा गरेको छ । मन्त्रालयका अनुसार केही दशक देखिको प्रयासपछि पहिलोपटक न्युक्लियर फ्युजनबाट अधिक ऊर्जा प्राप्त गर्नमा सफलता मिलेको छ ।

यद्यपि यसरी उत्पादित ऊर्जाबाट आम मानिसलाई फाइदा मिल्नका लागि भने समय लाग्नेछ । भविष्यमा यो प्रविधिको सहायताले ठूलो परिमाणमा स्वच्छ, प्रदुषणमुक्त ऊर्जा आपूर्ति गर्न सहज हुनेछ जुन सस्तो हुनुका साथै निरन्तर प्राप्त हुनेछ ।

मिसिगन विश्वविद्यालयमा परमाणु इन्जिनियरिङ विभागका सहायक प्राध्यापक क्यारोलिन कुरन्जले न्युक्लिएर फ्युजनबाट ऊर्जा उत्पादनको रेकर्ड तोडिएको बताएका छन् ।

एजेन्सी

 

प्रकाशित : 15 December, 2022

प्रतिक्रिया दिनुहोस्