पोखराका ९ वृद्धा महिलाका सुनका गहना चोरेको आरोपमा एक महिला पक्राउ

सहयात्रा टिभी

काठमाडौं । पुस १, पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । कास्की प्रहरीले यस्तै प्रकृतिका चोरीका घटना भएका अन्य कोही पीडित भए प्रहरी उजुरी दिन अनुरोध गरेको छ।

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भइ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् ।

श्रेष्ठले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

श्रेष्ठले ९ जना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताउनु भयो । अपरिचित एक महिलाले गहना चोरी गरेको उजुरी दिएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले श्रेष्ठलाई बुधवार पक्राउ गरेको हो ।

उनको साथबाट सुनका गहना र नगदसमेत बरामद भएको छ । उनले २७ लाख २ हजार ५८ रुपैयाँ बराबरको नगद चोरी गरेको आरोप छ ।

श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खड्काले बताउनु भयो ।

प्रकाशित : 16 December, 2022

प्रतिक्रिया दिनुहोस्