भारतले गर्‍यो ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण

सहयात्रा टिभी

काठमाडौं । भारतले बिहीबार परमाणु क्षमतायुक्त लामो दुरीको मार हान्ने ‘अग्नि फाइभ’ ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।

सीमा विवादका कारण चीनसँगको सम्बन्ध तिक्त रहेका बेला भारतले क्षेप्यस्त्र परीक्षण गरेको हो ।

यो क्षेप्यास्त्रले पाँच हजार चारसय किलोमिटरभन्दा टाढा मार हान्न सक्ने बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यस क्षेप्यास्त्रले भारतबाट चीनको बेइजिङसम्म मार हान्न सक्छ ।

अघिल्लो बिहीबार मात्रै भारत र चीनका सैनिकबीच अरुणाचल प्रदेशको तवांग सीमामा झडप भएको थियो । उक्त झडपमा दुवै तर्फका सैनिक घाइते भएका थिए । यद्यपि कसैको ज्यान गएको थिएन । सीमा मिचेर भारत छिरेका चिनियाँ सैनिकलाई आफूहरूले सफलतापूर्वक धपाएको भारतीय पक्षको दाबी छ ।

प्रकाशित : 16 December, 2022

प्रतिक्रिया दिनुहोस्