देउवाले बोलाए दिउँसो ३ बजे सांसदहरूको भेला

सहयात्रा टिभी

काठमाडाै । पुस २, समानुपातिकको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पहिलोपटक सबै सांसदको भेला बोलाएका छन् । भेला प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ ।

सांसद रामहरि खतिवडाका अनुसार सभापति देउवाले बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफलका लागि शनिबार दिउँसो ३ बजे सांसदहरूको भेला बोलाएका छन् ।

उनका अनुसार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत उनले यसबारे जानकारी पाएका थिए । केही सांसदहरूलाई भने उपसभापति धनराज गुरुङले भेलाबारे जानकारी गराएका थिए ।

प्रकाशित : 17 December, 2022

प्रतिक्रिया दिनुहोस्