अमेरिकाको टेक्सासमा ५.७ म्यग्निच्युडको भूकम्प
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । पुस २, अमेरिकाको टेक्सासमा ५ दशमलव ७ म्यग्निच्युडको भूकम्प गएको छ ।
भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः३५ बजे गएको हो । टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब ८ किलोमिटर गहिराइमा गएको अमेरिकी भू-गर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प गए लगत्तै पराकम्पन गएको थियो ।
भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको सर्वेक्षणले जनाएकाे छ । भूकम्पले गरेको क्षतिको विवरण भने सार्वजनिक हुन बाँकी रहेकाे छ ।