बाराही हाइड्रोपावरको आईपीओ ५१ हजार ५२२ ले पाए १० कित्ता सेयर

सहयात्रा टिभी

काठमाडौँ । पुस ३, बाराही हाइड्रोपावर कम्पनीले लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निस्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले सेयर बाँडफाट भएको छ ।

यसरी बाँडफाँट गर्दा ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका छन् ।कम्पनीले कुल सात लाख कित्ता सेयर सार्वजनिक निस्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो ।

जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता सेयर छुट्याएको थियो । तर, १ लाख ४ हजार कित्ता सेयरमा निवेदन परेन ।

उक्त सेयर समेत थप गरी कम्पनीले कुल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

जसको ५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

जसमध्ये ५१ हजार ५२२ जनमाले १० कित्ताका दरले सेयर पाएका हुन् । उक्त आईपीओमा आवेदन दिएकामध्ये ११ लाख ९१ हजार २८४ आवेदनमार्फत १ करोड ३० लाख ७८ हजार १०० कित्ताको लागि योग्य आवेदन प्राप्त भएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले आईपी निस्काशनको लागि २१ मंसिरदेखि २६ मंसिरसम्म आवेदन माग गरेको थियो । बाराही हाइड्रोपावर कम्पनीले बाग्लुङमा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजनाको बाँध निर्माण सम्पन्न गरी २०७४ असार २४ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो ।

 

प्रकाशित : 18 December, 2022

प्रतिक्रिया दिनुहोस्