कांग्रेसकाे निर्वाचन समितिको बैठक जारी

सहयात्रा टिभी

काठमाडौं । पुस ४, नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि आज (साेमबार) मिति तोक्ने भएको छ ।

संसदीय दलको नेता चयनका लागि आइतबार गठन गरिएको निर्वाचन समितिको बैठक अहिले जारी रहेकाे छ । सोही बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचनको मिति तोक्ने भएकाे छ । कांग्रेस कार्य सम्पादन समितिको आइतबार बसेको बैठले सहमहामन्त्री भीष्मराज आङदम्बेको नेतृत्वमा ३ सदस्यीय समिति बनाएको थियो ।

मंगलबार वा ढिलोमा बुधबारसम्ममा संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने तयारीमा कांग्रेस रहेको बुझिएको छ । कांग्रेसमा संसदीय दलको नेता बन्न आधा दर्जन बढी नेताहरुले आकांक्षा देखाएका छन् ।

प्रकाशित : 19 December, 2022

प्रतिक्रिया दिनुहोस्