संसदीय दलको बैठकले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको नेता चयन

सहयात्रा टिभी

काठमाडौ । पुस ४, राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। रास्वपाका प्रतिनिधि सभामा २० जना सांसद छन्।

 

सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता छानेको हो। ‘हामीले पहिला नै प्रारम्भिक चुनाव गरेर को संसदीय दलको नेता हुने भन्ने टुंगो लगाएका थियौं,’ रास्वपा प्रवक्ता मुकुल ढकालले भने,‘आजको बैठकले त्यसैलाई अनुमोदन गरेको हो।’

 

प्रकाशित : 19 December, 2022

प्रतिक्रिया दिनुहोस्