ग्राजुएसनका लागि लण्डन पुगेकी मिरुना नेपाल फर्किन्

काठमाडौ । पुस ४, ‘कबड्डी ४’ रिलिजताका भिक्षुलाई थप्पड हानेको घटनापछि अभिनेत्री मिरुना मगर मिडियाबाट ओझेलमा रहिन् । ग्राजुएसनका लागि लण्डन पुगेकी उनी लामो समय त्यतै बसिन् ।
उनको लण्डन प्रस्थान परिवारलाई भेट्नु र ग्राजुएसनमा भाग लिनु मात्र थिएन, बरु आफूविरुद्ध नेपालमा भइरहेका ‘कन्ट्रोभर्सी’बाट टाढा बस्नु पनि थियो । उनै मिरुना यतिबेला फेरि नेपाल फर्किएकी छन् ।
नेपाल फर्किएर काम गर्ने उनको योजना छ । तत्काल उनको हातमा फिल्म छैन तर उनी अभिनित फिल्म ‘जारी’ वैशाख १ गते रिलिजको तयारीमा छ ।
उनी अभिनित म्युजिक भिडियो ‘कालो केशमा रेलिमाई’को फिमेल भर्सन यसैसाता रिलिज भएको छ । अन्य केही म्युजिक भिडियो उनको पाइपलाइनमा छन् ।
मिरुना अन्तर्राष्ट्रिय विकास विषयकी विद्यार्थी समेत हुन् । यही विषयमा उनले लण्डनको एक विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेकी छन् । तत्काल फिल्म नगर्ने योजना सुनाउँदै उनले आफू केही समय म्युजिक भिडियो र अन्तर्राष्ट्रिय विकासको विषयमा गैरसरकारी संस्थासँग मिलेर काम गर्ने उनले जानकारी दिइन् ।
मिरुना अभिनित फिल्म ‘कबड्डी ४’ ले नेपालमा मात्रै २४ करोड कमाउँदै कीर्तिमान रचेको थियो । विवादका कारण भारतको सिक्किममा यो फिल्मलाई प्रतिबन्ध लगाइयो भने डायस्पोराबाट मात्र फिल्मले १० करोड हाराहारीमा कमाइ गरेको छ ।