केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकप जितेको खुसीयाली मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

सहयात्रा टिभी

काठमाडाै । पुस ५, अर्जेन्टिनाको राष्ट्रिय टिमले ३६ वर्षपछि विश्वकपको उपाधि जितेपछि त्यसको खुसी मनाउन मंगलबार सार्वजनिक बिदाको घोषणा गरिएको छ। ब्युनस आयर्स र देशका विभिन्न ठाँउमा जम्मा भएर खुसीयाली मनाउन पनि सरकारले आग्रह गरेको छ।

त्यसकै लागि सरकारले मंगलबार राष्ट्रिय बिदाको घोषणा गरेको हो। उसले यो देशका लागि सर्वाधिक खुसीको क्षण भएको भन्दै अर्जेन्टिनाले सबैलाई खुसी मनाउनका लागि स्वतन्त्र तरिकाले फुर्सद मिलोस् भन्नका लागि राष्ट्रिय बिदाको घोषणा गरिएको जनाएको छ।

राष्ट्रिय फुटबल टिम स्थानीय समयअनुसार मंगलबार चाँडै अर्जेन्टिना पुग्ने जनाइएको छ। अर्जेन्टिनाले विश्वकप फुटबलको रोमाञ्चक फाइनलमा निर्धारित र अतिरिक्त समय ३-३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ४-२ ले जितेको थियो। अर्जेन्टिनाले तेस्रो पटक विश्वकप ट्रफी हात पारेको हो।

प्रकाशित : 20 December, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्