आफ्नै घरमा आगो लगाउँदा हरिपुरमा १५ लाख रुपैयाँभन्दा बढीको क्षति

सहयात्रा टिभी

काठमाडौ । पुस ५, सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका एक युवकले आफ्नै घरमा आगो लगाएका छन् । आगलागीबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले गए राति आफ्नै घरमा आगो लगाएका हुन् ।

इँटा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिनुभयो ।

आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट भएको छ । आगलगीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताउनुभयो ।

स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगो निभाइएको प्रहरी निरीक्षक कुँवरले बताउनु भयो ।

 

प्रकाशित : 20 December, 2022

प्रतिक्रिया दिनुहोस्