सभापतिमा समर्थन पाएपछि शेखरले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव

सहयात्रा टिभी

काठमाडौ । पुस ५, नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताद्वय शेखर कोइराला र गगन थापाबीच संसदीय दलको नेता र सभापतिको उम्मेदवारीमा ‘लेनदेन’ भएको छ ।

दुवै संसदीय दलको उम्मेदवारको आकांक्षी थिए। दुवैले चुनाव लड्दा १४औं महाधिवेशनबाट बनेको यो समूह नै विघटन हुने भएपछि नेताहरुले सहमति खोजेका छन्।

१५औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न महामन्त्री गगन थापा सहमत भएपछि डा. शेखरले संसदीय दलको दाबी छाडेका छन् ।

होटल बसेरामा बसेको बैठकमा नेता शेखरले संसदीय दलको नेताको उम्मेदवारमा गगनलाई प्रस्ताव गरेका छन् । पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले आफूले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको उनले बताए । उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले समर्थन गरेका छन् ।

महामन्त्री गगन थापाले पनि १५औं महाधिवेशनको सभापतिमा यो समूहले शेखरलाई नै अघि सार्ने बताएका छन् । गत वर्ष मंसिरमा भएको १४औं महाधिवेशनमा पनि शेखर नै उम्मेदवार थिए, तर देउवासँग पराजित भए ।

प्रकाशित : 20 December, 2022

प्रतिक्रिया दिनुहोस्