कांग्रेस संसदीय दलको निर्वाचन : मतदान अझै सुरू हुन सकेन

सहयात्रा टिभी

काठमाडौं । पुस ६, नेपाली कांग्रेसकाे संसदीय दलको निर्वाचन अझै सुरू हुन सकेको छैन् ।

बुधबार बिहान ८ बजेदेखि निर्वाचन सुरू हुने भनिएपनि अझै सुरू हुन नसकेको पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए ।

उनका अनुसार निर्वाचनका प्रक्रियाहरू मिलाइ रहेका कारण मतदान ढिलाई हुन गएको हो । अब केही समयपछि मतदान कार्य सुरू हुने उनले बताए ।

प्रकाशित : 21 December, 2022

प्रतिक्रिया दिनुहोस्