कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरू

सहयात्रा टिभी

काठमाडौं । पुस ६, नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरू भएको छ ।

बुधबार बिहान ८ बजे सुरू हुनुपर्ने कांग्रेस संसदीय दलको निर्वाचन ५० मिनेट ढिला सुरू भएको पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले इमेजखबरलाई जानकारी दिए । मतदान बिहान १० बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।

मतदानस्थलमा मोबाइल लैजान नपाउने निर्णय गर्दै मतदान सुरू भएको हो। दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा रहेका छन् । प्रधानमन्त्री एवं संसदीय दलका प्रतिस्पर्धी देउवा र अर्का प्रतिस्पर्धी थापाले मतदान गरिसकेका छन् ।

अहिले प्रायः सबै सांसदहरू दलको कार्यालय परिसरमा सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित भइसकेका छन् । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान सम्पन्न भए पश्चात बुधबार नै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ ।

प्रकाशित : 21 December, 2022

प्रतिक्रिया दिनुहोस्