तराईका केही भू-भागमा हुस्सु र कुहिरो लाग्ने

सहयात्रा टिभी

काठमाडौं । पुस ६, हाल जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ।

बुधबार बिहान लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका केही भू-भागमा भने हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो भने प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-गमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । बुधबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ।

प्रकाशित : 21 December, 2022

प्रतिक्रिया दिनुहोस्