विश्वकप इतिहासमा नौलो घटना कतारले प्रतियोगितापछि स्टेडियम भत्काउन सुरु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । पुस ६,कतारले विश्वकप फुटबलका लागि बनाएका मध्ये ‘स्टेडियम ९७४’ भत्काउन थालेको छ । विश्वकपका लागि कतारले आठ वटा अत्याधुनिक प्रविधियुक्त रंगशाला बनाएको थियो ।
पहिलो चरणमा अस्थायी रूपमा निर्माण गरिएको ‘स्टेडियम ९७४’ भत्काउने काम सुरु भएको हो । विश्वकप इतिहासमा प्रतियोगितापछि रंगशाला हटाउन लागेको यो नौलो घटना मानिएको छ ।
४० हजार दर्शक क्षमताको यो रंगशालामा समूह चरणदेखि सात वटा खेल भएका थिए । पहिलो खेल नोभेम्बर २२ मा मेक्सिको र पोल्याण्डबीच भएको थियो भने अन्तिम खेलमा प्रि–क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाबिच भएको थियो ।
यो रंगशालाको निर्माण ९७४ वटा पानीजहाजका कन्टेनर र मोडुलर स्टिलको प्रयोग गरेर बनाइएको छ । विश्वकप जस्ता ठूला खेलकुद समारोहको आयोजनापछि रङ्गशालाको प्रयोग कम हुने तर ती संरचनालाई यथावत राख्न ठूलो धनराशीको खर्च हुने भएकाले भत्काउने निर्णय गरिएको हो ।
आयोजक कतारको एउटा निकाय सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी (एससी) का अनुसार फिफासँगको समन्वयमा बढी भएका कुर्सीहरू अरु देशलाई अनुदानका रूपमा दिइनेछ ।
त्यस्तै ४० हजार दर्शक क्षमता रहेको एजुकेसन सिटी रङ्गशालाको पनि २० हजार कुर्सी हटाइनेछ । फिफा विश्वकप २०२२ स् कतारको संस्कृति, परम्परा र प्रविधि झल्काउने ८ भव्य रंगशाला
विश्वकप फाइनलसहित १० वटा खेलको आयोजना भएको लुसेल रङ्गशाला तथा अल थुमामा र अल यानुवको क्षमता पनि आधा घटाउने तयारी छ । टेन्टको आकारमा बनाइएको अल बैत रङ्गशाला ६० हजार दर्शक क्षमताको छ ।
त्यसको पनि माथिल्लो तलाको भाग निकालिनेछ । पश्चिम दोहाका अहमद विन अलि रङ्गशालालाई कतार स्टार्स लिग ९क्यूएसएल० फुटबल क्लबलाई घरेलु मैदानको रूपमा प्रयोग गर्न दिइनेछ ।
कतारको पुरानो मैदान खलिफालाई क्षमता बढाएर ४० हजार दर्शकको बनाइएको थियो । त्यहाँ ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने रङ्शालाका निर्देशक अहमद अल थानीले बताउनुभएको छ ।
कतारमा भएको विश्वकप फुटबलको फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जितेको छ ।