गगन थापा : परिणाम अपेक्षाकृत नभए पनि निराश हुन्न

सहयात्रा टिभी

काठमाडौ । पुस ६, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताको चुनावमा पाएको मत अपेक्षाकृत नभएको बताएका छन् ।

 

दलको नेतामा प्रतिस्पर्धा गरेका थापा, सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले पराजित भएका थिए । ६४ मतका साथका दलको नेतामा देउवा निर्वाचित हुँदा थापाले २५ मत पाए ।

मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, ‘यो परिणाम अपेक्षाकृत होइन । तर म थाक्दिनँ, निराश हुन्न । थप मिहिनेत गर्छु ।’

प्रकाशित : 21 December, 2022

प्रतिक्रिया दिनुहोस्