पशुपतिशमशेर जबराको शपथ समारोहमा ओली, प्रचण्ड र खनाल धेरै पछि सँगै

सहयात्रा टिभी

काठमाडौ । पुस ६, बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको शपथ समारोहमा तीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल एक ठाउँमा भेटिए ।

शपथ समारोहमा उनीहरु एउटै लहरमा बसेका थिए । त्यस क्रममा ओलीले प्रचण्ड र खनालसँग कुराकानी गरेका थिए । सार्वजनिक कार्यक्रममा यी नेताहरु धेरै पछि सँगै भेटिएका हुन् ।

चुनावपछि ओलीले फोन गरेर प्रचण्डलाई बधाई दिएका थिए । त्यसपछि उनीहरुबीच संवाद भएको सार्वजनिक भएको छैन ।

 

प्रकाशित : 21 December, 2022

प्रतिक्रिया दिनुहोस्