यस्तो छ आज देशभरको मौसम

सहयात्रा टिभी

काठमाडौँ । पुस ७, नेपालको पूर्वी भुभागमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदलीको सम्भावना छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ को पहाडी भुभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार प्रदेश १, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ ।

प्रकाशित : 22 December, 2022

प्रतिक्रिया दिनुहोस्