माओवादी केन्द्रको नेता चयन गर्नुअघि पदाधिकारी बैठक बस्दै

काठमाडौं । पुस ७, नेकपा माओवादी केन्द्रले नेता चयन गर्नुअघि पदाधिकारी बैठक दिउँसो ३ बजे बोलाएको छ ।
संसदीय दलको नेता चयन गर्नुअघि माओवादीले पदाधिकारी बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
उनका अनुसार पार्टी कार्यालय पेरिसडाडाँमा बस्ने पदाधिकारी बैठकमा दलको नेता, उपनेता, प्रमुख सचेतकलगायत चयनगर्नेबारे छलफल हुने उनले बताए ।
दलको नेता चुन्न माओवादीले दिउँसो ४ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ । दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ ।