एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडाै । पुस ८, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । यादव बिहीबार साँझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । यादवले बिहीबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । सरकार निर्माणका लागि राष्ट्रपतिले दिएको समयसीमा नजिकिएसँगै दलहरुले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।

प्रकाशित : 23 December, 2022

प्रतिक्रिया दिनुहोस्