केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले जित्यो अन्तर बार फुटसलको उपाधि

सहयात्रा टिभी

काठमाडाै । पुस ९, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले फिटनेश फर लयर्स अन्तर्गत आयोजित फुटसल प्रतियोगिताको उपाधि जितेको छ । ६७ औं बार दिवसको उपलक्ष्यमा आयोजित इन्टर भ्याल्ली बार फुटसल टूर्नामेण्ट २०७९ मा आयोजक काठमाण्डौं जिल्ला अदालत बार एसोसिएसनले जित हासिल गरेको हो ।

हेल्लो युवा लयर्स प्रोग्राम कमिटीका संयोजक संकल्प क्षेत्रीको संयोजनमा आयोजना भएको प्रतियोगितामा उच्च अदालत बार एसोसिएसनले दास्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा उल्लेखित २ सँगै भक्तपुर जिल्ला अदालत बार एशोसिएसन र ललितपुर जिल्ला अदालत बार एशोसिएसन गरी ४ टिम सहभागी थिए ।

लिग चरणमा आधारित खेलमा अंकका आधारमा आयोजक काठमाण्डौं जिल्ला अदालत बार एसोसिएसन र उच्च अदालत बार एसोसिएसन फाइनलमा पुगेका थिए । पुस ७ गते भएको फाइनल खेलमा काठमाण्डौं जिल्ला अदालत बार एसोसिएसनले उच्च अदालत बार एसोसिएसनमाथि ५–० गोल अन्तरको जित हासिल गरेको हो ।

कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्की र नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले काठमाडौं जिल्ला अदालत बार एसोसिएसनलाई प्रथम पुरस्कारस्वरुप कप, प्रमाणपत्र, मेडल हस्तान्तरण गरेका थिए । उपविजेता उच्च अदालत बार एसोसिएसनलाई प्रमाणपत्र तथा मेडल र सहभागी भक्तपुर जिल्ला अदालत बार एसोसिएसन तथा ललितपुर जिल्ला अदालत बार एसोसिएसनलाई सहभागिताको प्रमाण पत्र दिइएको थियो ।

प्रतियोगितामा ९ गोलसहित सर्वाधिक गोलकर्ता काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका खेलाडी एवं हेल्लो युवा लयर्स प्रोग्राम कमिटीका संयोजक संकल्प क्षेत्रीलाई प्रमाणपत्र तथा गोल्डेन बुट समेत हस्तान्तरण गरिएको थियो ।

प्रकाशित : 24 December, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्