एमालेलाई सरकारमा जाने जनादेश छैन : बरिष्ठ उपाध्यक्ष पोखरेल
सहयात्रा टिभी
काठमाडाै । पुस १०, नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनाताले एमालेलाई सरकारमा जाने जनादेश नदिएको बताए।
![]()
शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले जनाताले एमालेलाई सरकारमा जाने जनादेश नदिएकोले त्यसको सम्मान गर्ने बताए ।
उनले वर्तमान गठबन्धन लोकतन्त्र र मुलुकको हितमा नभएको जिकिर गरे । उनले देशलाई निकास दिनु पर्ने अवस्था आएमा गठबन्धन तोडेर आए नेपाली कांग्रेस र माओवादीसँग सरकारको विषयमा छलफल गर्न सकिने धारणा राखे ।
गठबन्धन कायम रहे राजनीतिक अस्थिरता लम्बिने र मुलुकको अर्थतन्त्र थप ओरालो लाग्ने पनि उनको दाबी थियो । उनले केन्द्रमा जसरी सरकार बन्छ, प्रदेशमा पनि त्यहिअनुसारको समिकरण हुने बताए ।


