माओवादी पदाधिकारी बैठक बस्दै, प्रचण्डलाई समर्थन गर्ने दलको बैठक पनि बोलाइयाे

सहयात्रा टिभी

काठमाडाै । पुस ११, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल गर्न बैठक आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

त्यस्तै, माओवादी पदाधिकारी बैठकलगत्तै प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गरेका दलहरूको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्ड आज अपरान्ह ४ बजे केही मन्त्रीहरूसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारीमा छन् ।

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाको १ सय ६९ सांसदको समर्थन छ । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समर्थन रहेको हो ।

प्रकाशित : 26 December, 2022

प्रतिक्रिया दिनुहोस्