आज बालुवाटार छाड्दै देउवा

काठमाडाै । पुस ११, निवर्तमान प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सरकारी निवास छाड्ने भएका छन्। देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन्।
आजै अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ छ। प्रचण्डको शपथअघि नै देउवा त्यसअघि नै बालुवाटार छाड्ने तयारीमा छन्।