नेपालले आज तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्दै

सहयात्रा टिभी

काठमाण्डाै । पुस ११, बङ्लादेशमा भइरहेको २३ वर्षमुनिको एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ ।

नेपालले तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्न लागेको हो । यसअघि लिग चरणको खेलमा नेपाललाई श्रीलङ्काले हराएको थियो ।

हिजो भएको सेमिफाइनलमा आयोजक बङ्लादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो ।

प्रकाशित : 26 December, 2022

प्रतिक्रिया दिनुहोस्