आसाममा चितुवाको आक्रमण बाट ३ कर्मचारी सहित १३ जना घाइते

सहयात्रा टिभी

एजेन्सि । पुस  १३, भारतमा आसामको जोरहाटमा चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा ३ वनकर्मी पनि छन्।

जोरहाटका एसपी मोहनलाल मीनाका अनुसार चितुवाको आक्रमणमा घाइते भएका सबै खतरामुक्त छन्। उनले भने, ‘चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा तीनजना वनकर्मी रहेका छन् ।’

घाइते सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको एसपी मीनाले बताए । चिकित्सकका अनुसार घाइते सबै खतरामुक्त छन् ।

प्रकाशित : 28 December, 2022

प्रतिक्रिया दिनुहोस्