हात्तिवनमा प्रचण्ड, उपेन्द्र र नेपालबीच वार्ता

काठमाडाै । पुस १३, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ।
हात्तिबनस्थित प्रचण्डका आफन्तको निवासमा तीन नेताबिच केहीबेर अघिदेखी वार्ता भएको हो। प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेको एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने प्रयास भइरहेको छ।
उपेन्द्र यादवलाई पनि सरकारमा सहभागी गराउने प्रयत्न भइरहेको छ। जसपाले संसदीय दलको नेता चयन गरेको छैन। संसदीय दलको नेता चयन भएपछि मात्र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय लिने बताइएको छ।