राष्ट्रिय टोलीका फरवार्ड अञ्जन मनाङ मर्स्याङ्दी क्लब छाडेर चर्च ब्वाइजमा

काठमाडौँ । पुस १३, राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट मनाङ मर्स्याङ्दी क्लब छाडेर चर्च ब्वाइजमा आवद्ध भएका छन् ।
बुधबार बिहान चर्च ब्वाइजले अञ्जनलाई क्लबमा आवद्ध गरेको घोषणा गरेको छ । चर्च ब्वाइजले अञ्जनसँग एक वर्षको सम्झौता गरेको पनि जनाएको छ । ६६ सालमा स्थापना भएको चर्च ब्वाइजले पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको हो ।