केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संकटाले राष्ट्रिय टिमका सुनिल बल र आयुषसहित ६ खेलाडी अनुबन्ध 

सहयात्रा टिभी

काठमाडौं । पुस १३, सहिद स्मारक ‘ए’ डिभिजन लिग अघि संकटा क्लबले आक्रमक रुपमा खेलाडी अनुबन्ध गरेको छ । संकटाले राष्ट्रिय टिमबाट खेलिसकेका सुनिल बल र आयुष घलानसहित ६ खेलाडी अनुबन्ध गरिएको जनाएको छ ।

सुनिल र आयुषसँगै राष्ट्रिय टिमकै मिडफिल्डर सुरज ज्यु ठकुरी डिफेन्डर गौतम श्रेष्ठ र निशान खड्का तथा गोलकिपर टिकेन्द्र थापालाई अनुबन्ध गरेको हो ।

सुनिल बलले गत सिजन च्याम्पियन मछिन्द्र फुटबल क्लबबाट लिग खेलेका थिए । आयुष र निशानले थ्रीस्टारबाट खेलेका थिए भने सुरज र टिकेन्द्रले जावलाखेलबाट खेलेका थिए ।

गौतमले त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलेका थिए । संकटा क्लबले भोलि बिहीबारदेखि पोखरामा आयोजना हुने आहा रारा पोखरा गोल्डकप पनि खेल्दैछ ।

 

प्रकाशित : 28 December, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्